काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण सेयरको लक इन अवधि भदौ २५ गते समाप्त हुने भएको हो ।
कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोडमध्ये १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गरेको थियो ।
त्यस्तै, सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको थियो । सोही २४ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भदौ २५ गते सकिन लागेको हो ।
योग्य संस्थागत लगानीकर्ताहरुमा बिक्री गरिएको सेयरको कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको थियो भने सामूहिक लगानी कोषहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए।












प्रतिक्रिया दिनुहोस्