काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी २० रुपैयाँले सस्तो भएको छ । बिहीबार नेपाली बजारमा चाँदी १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९३.८४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २६.८९ डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्