Skip to content

हेलिकप्टर बादलभित्र छिर्दा दुर्घटना भयोः महानिर्देशक अधिकारी

nabil bank

काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना बादलका कारणले भएको बताएका छन् । आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैंकठमा बोल्दै महानिर्देशक अधिकारीले हेलिकप्टर बादलभित्र छिरेका कारण दुर्घटना भएको बताएका हुन् ।

बुधबार रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर नुवाबकोटको शिवपुरीमा दुर्घटनामा हुदा ५ जनाको ज्यान गएको थियो ।

उक्त घटनाबारे छलफल गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । जहाँ हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितका अधिकारीलाई बोलाइएको थियो । सांसद र मन्त्रीको सामुन्ने अधिकारीले दुर्घटनाको दोष पाइलटतर्फ सोझ्याएका हुन् ।

प्राधिकरणको नियमविपरीत बादलभित्र विमान छिरेको उनको भनाइ छ । ‘यो भीएफआर फ्लाइट हो। आँखाले हेरेर गर्ने उडान हो,’ उनले भने, ‘यस्तो उडानमा बादलभित्र छिर्न पाउँदैन ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi