Skip to content

हेलिकप्टर देब्रेतिर मोडेर फेरि दाहिनेतिर फर्किए जस्तो देखियोः पर्यटनमन्त्री पाण्डे

nabil bank

काठमाडौं । पर्यटन बद्री पाण्डेले मौसम खराब भएपछि एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं फर्कन खोज्दा दुर्घटनामा परेको जस्तो देखिएको बताएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री पाण्डेले आफूहरु स्थलगत अनुगमनमा जाँदा विमान काठमाडौं फर्कन खोजेको जस्तो देखिएको बताएका हुन् ।

‘हामी आज जाँदा त्यो हेलिकप्टर यता (काठमाडौं) फर्किन लागेको जस्तो देखिन्थ्यो । मौसम बिग्रिएपछि हेलिकप्टर फर्काउन खोजेको देखिन्छ । झोरमाथि जहाँ काठमाडौं र नुवाकोटको नाका छ त्यहाँ केही माथिमात्र हेलिकप्टर देब्रेतिर मोडिदा रुख बुट्यानहरु काटिएका छन् । र, ५/६ मिटर तल फेरि दाहिनेतिर रुखहरु काटिएको देखिएको छ,’ उनले भने । रुखहरु काटिएको स्थानबाट ५० मिटरजति तल गएर हेलिकप्टर खसेको र ठोक्किकएको देखिने मन्त्री पाण्डेले बताए ।

स्याफ्रुबेंसीमा अमेरिकी नागरिकलाई लिन जाँदै गरेको चार्टर्ड हेलिकप्टरमा यहाँबाट चिनियाँ नागरिक गएको देखिने उनले बताए । ‘चिनियाँ नगरिकले चार्टर्ड भएको जहाज प्रयोग गरेको देखिन्छ,’ उनले भने, ‘तLमध्ये कसैलाई चाडै घर जानुपर्ने थियो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi