Skip to content

इनरुवा–दुहबी सडक चाँडै निर्माण हुन्छः मुख्यमन्त्री कार्की

nabil bank

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे । ‘सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ’, उनले भने । 

फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्क रुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गरे । 

मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साहलगायतको सहभागिता रहेको थियो । सहभागीले इनरुवा–दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi