Skip to content
Prabhu

नागरिक लगानी कोषको नाफा करिब १० प्रतिशतले घट्यो

काठमाडौं । नागरिक लगानी कोषको नाफामा करिब १० प्रतिशतले गिरवाट आएको छ । कोषले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ९.९१ प्रतिशतले नाफा घटेको हो ।

गत आवको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कर खर्च बढेका कारण कोषको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ । नाफासँगै कोषको प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ । असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ ।

५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal