Skip to content
Prabhu

सुन–चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६ सय र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि  ३५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal