Skip to content
Prabhu

विद्युत् प्राधिकरणको उपलब्धिः ३५ अर्ब घाटाबाट ४७ अर्बको नाफा, ५९ लाख पुगे ग्राहक

nabil

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत ८ वर्षको अन्तरालामा उल्लेख्य नाफा कमाएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर विगत ८ वर्षको अवधिमा ८२ अर्ब रुपैयाँ नाफा कमाएको बताएका हुन् ।

आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनको दाबी छ । ‘कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा भएको छ,’ उनले भने ।

यो अवधिमा विद्युत् खपत पनि उल्लेख्य मात्रामा बढेको घिसिङको भनाइ छ । ८ वर्ष पहिले प्रतिव्यक्ति विद्युत खपत १३१ युनिट रहेकोमा अहिले बढेर ४०० युनिट पुगेको उनले बताए । विद्युतको खपत बढेको कारण पेट्रोलको खपत घटेको र विद्यतीय गाडी बढ्न थालेको उनको भनाइ छ ।

उनले प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ मा ८ अर्ब रुपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको बताए । एक अर्बबाट नाफा आर्जन गर्न सुरू गरेकोमा गत वर्ष १३ अर्ब नाफा कमाएको उनले बताए । बितेका ८ वर्षमा तीनपटक गरेर २५ प्रतिशत विद्युत् महसुल घटाउँदा पनि नाफा बढेको उनले दाबी गरे । ‘सायदै कुनै पनि सेवामा यसरी महसुल घटाइएको छैन प्राधिकरणले महसुल घटाएर पनि नाफा कमाएको छ,’ उनले भने ।

त्यस्तै अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उनले जानकारी दिए । सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको समेत कुलमानले बताए ।

लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको समेत उनको भनाइ छ । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।

नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको हो । यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८/७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आवमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।

८ वर्ष अगाडि २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए । ८ वर्ष अगाडि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो । सो बेला ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड युनिट पुगेको समेत उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal