Skip to content
Prabhu

अम्बानी परिवारको कूल सम्पत्ति भारतको जीडीपीको १० प्रतिशत

एजेन्सी । भारतको सबैभन्दा धनी पारिवारिक व्यवसायको सूचीमा अम्बानी परिवार शीर्ष स्थानमा छ । बार्कलेज–हुरुन इन्डियाको मोस्ट भ्यालुएबल फ्यामिली बिजनेस २०२४ को सूचीअनुसार अम्बानी परिवारको मूल्यांकन २५.७५ ट्रिलियन भारु छ । जुन भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी)को लगभग १० प्रतिशत हो ।
बार्कलेज–हुरुन इन्डियाको रिपोर्टअनुसार, रिलायन्स इन्डस्ट्रिजको नेतृत्वमा परिवारको व्यापार साम्राज्यले ऊर्जा, रिटेल र टेलिकम सेक्टरहरूको सञ्चालन गर्दछ । बार्कलेज–हुरुन इन्डियाको यो रैंकिङ २०२४ मार्च २० सम्मको कम्पनीको मूल्यांकनमा आधारित छ । यस मूल्याङ्कनमा निजी लगानी र तरल सम्पत्तिहरूलाई समावेश गरिएको छैन । अम्बानीको सम्पत्तिको मूल्याङ्कनमा रिलायन्स, जियो प्लेटफर्म, रिलायन्स रिटेल र समूहको अन्य कम्पनीहरूको हिस्सेदारी समावेश छ ।
बजाज परिवार ७.१३ ट्रिलियन भारुको मूल्याङ्कनसँगै दोस्रो स्थानमा रहेको छ । पुणेमा आधारित अटोमोबाइल व्यवसायको नेतृत्व परिवारको तेस्रो पुस्ताका नेता नीरज बजाजले गर्दै छन् । बिरला परिवार ५.३९ ट्रिलियन भारुको मूल्याङ्कनका साथ तेस्रो स्थानमा रहेको छ  यो कम्पनीको नेतृत्व परिवारको चौथो पुस्ताका कुमार मंगलम बिरलाले गर्दै छन् । यो कम्पनी मेटल, माइनिङ, सिमेन्ट र वित्तीय सेवाहरूमा ध्यान केन्द्रित गर्दछ ।
सिंगापुरको जीडीपी बराबर तीनवटा परिवारको संयुक्त मूल्याङ्कन
भारती व्यवसायीहरु अम्बानी, बजाज र बिरला परिवारहरूको संयुक्त मूल्याङ्कन ४६० बिलियन डलर छ, जुन लगभग सिंगापुरको जीडीपीको बराबर छ । जिन्दल परिवार ४.७१  ट्रिलियन भारुको मूल्याङ्कनका साथ चौथो स्थानमा छ । जसको नेतृत्व सज्जन जिन्दलले गर्दैछन् । त्यस्तै, नाडार परिवार ४.३० ट्रिलियन भारुको मूल्याङ्कनका साथ पाँचौं स्थानमा छ । नाडार परिवारकी रोशनी नाडार मल्होत्रा शीर्ष १० परिवारिक व्यवसायहरूको सूचीमा एकमात्र महिला हुन् ।
पहिलो पुस्ताको पारिवारिक व्यवसायको सूचीमा अडानी परिवार शीर्ष स्थानमा
सन् २०२४ बार्कलेज प्राइभेट क्लाइएन्ट्स हुरुन इन्डिया मोस्ट भ्यालुएबल फ्यामिली बिजनेसको सूचीमा पहिलो पुस्ताका परिवारहरू समावेश छैनन् । तर, वर्तमान अध्यक्ष गौतम अडानीको नेतृत्वमा अडानी परिवार १५.४४ ट्रिलियन भारुको मूल्याङ्कनका साथ सबैभन्दा मूल्यवान पहिलो पुस्ताको पारिवारिक व्यवसायको सूचीमा शीर्ष स्थानमा रहेको छ । यस सूचीमा सीरम इन्स्टिच्युट अफ इन्डियाका मालिक पूनावाला परिवार ₹२.३७ ट्रिलियनको मूल्याङ्कनका साथ दोस्रो स्थानमा छ । सूचीमा तेस्रो स्थानमा फार्मा मेजर डिभी परिवार रहेको छ, जसको मूल्याङ्कन ९१  हजार २०० करोड भारु छ ।
भारतको सबैभन्दा मूल्यवान गैर–सूचीबद्ध कम्पनी हो हल्दिराम स्न्याक्स
रिपोर्ट अनुसार, हल्दिराम स्न्याक्सको मूल्य ६३ हजार करोड भारु छ र यो भारतको सबैभन्दा मूल्यवान गैर–सूचीबद्ध कम्पनी हो । हल्दिराम हालै चर्चामा आएको थियो जब अमेरिकामा आधारित निजी इक्विटी फर्म ब्ल्याकस्टोनले कम्पनीलाई अधिग्रहण गर्नका लागि एक नन–बाइन्डिंग प्रस्ताव दियो ।  तर, दुवै कम्पनीहरूबीचको लेनदेनमा ढिलाइ भइरहेको छ किनकि हल्दिराम स्न्याक्सका वर्तमान प्रमोटरहरूले उच्च मूल्याङ्कनको माग गरिरहेका छन् ।
बार्कलेज–हुरुन इन्डियाको अनुसन्धान रिपोर्ट अनुसार, रियल स्टेटका ठूला कम्पनीहरू डीएलएफ लिमिटेड २ लाख चार हजार पाँच सय करोड भारु र म्याक्रोटेक डेभलपर्स (एक लाख १२ हजार दुई सय करोड सबैभन्दा मूल्यवान रियल स्टेट पारिवारिक व्यवसायहरू हुन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal