Skip to content
Prabhu

गत आवमा शिवम् सिमेन्टको खुद नाफामा ५७ प्रतिशतको गिरावट

काठमाडौं । शिवम् सिमेन्टको नाफामा गत आर्थिक वर्षमा ५७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको परिष्कृत वित्तीय विवरणअनुसार ५७.९३ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले गत आवमा २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा भने कम्पनीको खुद नाफा ५९ करोड ४७ लाख रुपैयाँ रहेको थियो । सञ्चालन आम्दानी सामान्य घटे पनि अन्य आम्दानी घटेको र बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

त्यस्तै कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ ।

५ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal