Skip to content
Prabhu

लगानी बोर्डको सीईओको लागि आवेदन माग

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि आवेदन माग भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टको कार्यकाल सकिएपछि बोर्डको सीईओको लागि आवेदन माग भएको हो ।

बोर्डको सीईओको लागि मान्यताप्राप्त शैक्षिक संस्थामा व्यवस्थापन,अर्थशास्त्र,कानुन इन्जिनियरिङ लगायतका विषयमा मास्टर सकेको र व्यवस्थापन तहमा रहेर १० वर्ष काम गरेको योग्यता तोकिएको छ । सरकारले ठूला परियोजनामा लगानीलाई एकद्धार नीतिबाट सहजिकरण गर्नको लागि बोर्डको स्थापना गरेको हो । बोर्डमा अहिलेसम्म ३ जना सीईओले काम गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal