Skip to content
Prabhu

भारत भ्रमण सकेर स्वदेश फर्किए उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ५ दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।‍ मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू–परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए ।

उनले कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका थिए । २४ साउनमा मन्त्री भण्डारी र प्रतिनिधिमण्डलका सदस्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा प्रशासन विभाग प्रमुख सहितको टोलीले दिल्लीस्थित भारतीय आयल निगमको निरीक्षण गरी त्यहाँको पूर्वाधार तथा सेवा प्रवाह प्रणालीको विषयमा जानकारी लिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal