Skip to content
Prabhu

कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना हुने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कृषि एक्स्पो आयोजना हुने भएको छ । एक्स्पो भदौ २७ देखि ३० गतेसम्म आयोजना हुने भएको हो ।

विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिने भएको हो । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक कोशी प्रदेशमा आयोजना गर्न लागिएको बताए । राउतका अनुसार एक्स्पो प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, संघीय सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा आयोजना हुन लागेको हो ।

एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुने छ । एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम छ । उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषक र कृषि उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको जानकारी दिँदै जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरिएको राउतले वताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal