Skip to content
Prabhu

डलर र यूरोको भाउ बढ्यो, अन्य मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ४११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ०९ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ १७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८६ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ १८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६३ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ रुपैयाँ ८२ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २६ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal