Skip to content
Prabhu

सिटि होटलको नोक्सानी घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा सिटि होटल लिमिटेडको नोक्सानी घटेको छ । होटलले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले ५० करोड ४२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ थियो ।
आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण होटलको नोक्सानी घटेको छ । अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको यस होटलले गत आर्थिक वर्ष २० करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेको छ । त्यस्तै, होटलको कुल खर्च २.८१ प्रतिशत बढेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशत घटेको छ । असार मसान्तसम्ममा होटलको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ५६ पैसा रहेको छ। १ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal