Skip to content
Prabhu

क्यान्सरपीडितलाई २७ लाख सहयोग

पाँचथर । सामाजिक सञ्जालको उपयोग गरी यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ संकलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।

हालै संकलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो । प्राप्त रकमबाट उनले शल्यक्रिया गराएका छन् । आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal