Skip to content
Prabhu

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ । मंगलबार एकै दिन २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४६१.५६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.७८ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal