Skip to content
Prabhu

आईएमई र जीएमईको एकीकृत कारोबार सुरु

काठमाडौं । आईएमई र जीएमई रेमिट्यान्सको एकीकृत कारोबार सुरु भएको छ । आइएमईले जीएमईलाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो ।

बैकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराएका व्यवसायी चन्द्र ढकाल रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि पहिलो बनेका छन् । आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ । प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु भएको हो ।
कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

दुबै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । उनी निजी क्षेत्रको छाता संगठन नेपाल उधोग वाणिज्य महासंघ र ग्लोबल आईएमई बैंकका समेत अध्यक्ष हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal