Skip to content
Prabhu

व्यवसायमा पुस्तान्तरणको बाटोमा चन्द्र ढकाल, २४ वर्षपछि आईएमईमा अध्यक्ष पद छाडे

काठमाडौं । नेपालमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने व्यवसायको
थालनी गरेका चन्द्र ढकाल नेपालमा मर्जर तथा एक्विजेसनमा विशेषज्ञता हासिल
गरेका उद्यमी हुन् भन्दा फरक नपर्ला ।

उनी अध्यक्ष रहेको ग्लोबल आईएमई
बैंकमा ४ वटा वाणिज्य बैंकसहित दुई दर्जन वित्तीय संस्थालाई मर्जर तथा
एक्विजेसन गरेको छ ।

जागिरे जीवनबाट कार्गो व्यवसाय हुँदै रेमिट्यान्समा सफल उद्यमीको परिचय
बनाएका ढकालले रेमिट्यान्स कम्पनी पनि मर्जर गर्दै छन् ।

२०५७ साल जेठ २९ गते
चन्द्र ढकाल र उनका भाइ हेमराज ढकाल(रामु)ले स्थापना गरेको आईएमईले
जेएमई मर्जर भएर आईएमईको नामबाट एकीकृत कारोबार सुरु गर्दै छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई वैधानिक रूपमा नेपालमा पैसा पठाउन सहज
गर्ने कम्पनी बनेको आईएमईले जेएमईलाई मर्जर गरेसँगै आईएमईको अध्यक्ष
पदबाट चन्द्र ढकाल बाहिरिएका छन् । आईएमई रेमिट्यान्सका सहसंस्थापक र प्रवन्ध
निर्देशकका रूपमा रहेका हेमराज ढकाल अध्यक्ष बनेका छन् । व्यावसायिक यात्रा सुरु
गरेको सफल बनाएको कम्पनीको अध्यक्षबाट २४ वर्षपछि बाहिरिएका हुन् ।

आईएमईलाई अहिलेको सफल बनाउन ढकाल दाजुभाइको नै महत्वपूर्ण भूमिका
रहेको छ । नेपालभित्रको नेटवर्क बनाउने काम चन्द्र ढकालले गरे भने विदेशमा
रहेर हेमराज ढकालले आईएमई व्यवसायलाई अगाडि बढाउने भूमिका खेलेका थिए ।
चन्द्र ढकालले गतवर्ष आफू अध्यक्ष रहेको चन्द्रागिरि हिल्स पनि छाडेका थिए ।
चन्द्रागिरिको संस्थापक अध्यक्ष रहेका हेमराज ढकाल दाजु चन्द्रले अध्यक्ष पद
छाडेपछि अध्यक्ष बनेका थिए ।

चन्द्रागिरिमा आईमएईसहित अन्य व्यवसायीको पनि
लगानी छ । तर, आईएमईमा भने अहिलेसम्म ढकाल दाजुभाइको मात्र लगानी थियो ।
मर्जरपछि भने यसमा अर्जुन पौडेल शर्माको सहित उनको परिवारको समेत लगानी
हुने छ ।

आफ्नो लगानी रहेका व्यवसाय बैंकिङ र बीमा क्षेत्रमा मर्जरलाई सफलताका साथ
कार्यान्वयन गरेका ढकालले रेमिट्यान्स कम्पनीको मर्जर कार्यक्रममा राष्ट्र बैंकले
रेमिट कम्पनीलाई मर्जर गराउने नीतिलाई कार्यान्वयनमा ल्याएको बताए ।

उनले आफूहरू जापान बस्दा हामी आफैंले नेपालमा पैसा पठाउँदा खेपेको
सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ
आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरू देखेको कारण आईएमईको जन्म
भएको भन्दै अहिले पैसा पठाउने कामकै पर्याय बनेको खुसी व्यक्त गरे ।



‘हामीले आईएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज
थिएन् ।

डलर कारोबारको अनुमति सहज थिएन । सानो पुँजी, धेरै किसिमका
अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै
समस्याबीच हाम्रो व्यवसायले गति लिन गरेको छ,’ ढकालले एकीकृत रेमिट
कम्पनीको एकीकृत कारोबार सुरु हुने कार्यक्रममा भने ।

कार्गोबाट रेमिट कम्पनी हुँदै नेपालको ठूलो व्यावसायिक घराना बन्न सफल
भएका ढकालले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र सुनाए ।

उनका अनुसार पहिलो
हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आमजनतालाई सेवा दिन
सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो
व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ ।
त्यस्तो व्यवसाय सधैं सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म
पनि कायम छ भन्ने मलाई लाग्छ ।

१ करोड चुक्ता पुँजीको आईएमईले अब १ अर्बभन्दा बढीको कम्पनी भएको छ ।
रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो
लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार
गरिसकेको छ ।

आईएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केवलकार, होटल तथा
रिसोर्ट, जलविद्युत्, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना
प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् । नेपालमा आउने रेमिट्यान्सको
करिब ५० प्रतिशत बजार हिस्सा आईएमई र ग्लोबल आईएमई बैंकको रहेको छ ।

ढकालले रेमिट कम्पनीको मर्जर तथा कम्पनीको अध्यक्ष छाड्ने दिन आफ्ना भाइ
हेमराज ढकाल, भाइहरू अर्जुन र खिलेन्द्र, अंकलहरू दिवाकर र रुद्र, तत्कालीन समयमा
उच्च व्यवस्थापनमा रहेर काम गरेका चन्द्र टण्डन, सुमन पोखरेल, दामोदर खनाल,
प्रशन्न बास्कोटा, अहिलेको उच्च व्यवस्थापनलगायत सम्पूर्ण कर्मचारी साथीहरूमा
हार्दिक आभार व्यक्त गरे र २० हजारभन्दा बढी कर्मचारी र सेवाग्राहीलाई पनि 
धन्यवाद दिए ।

आईएमई ग्रुपलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेलेका चन्द्र ढकालका
भाइ हेमराज ढकालपनि निजी क्षेत्रको संस्थामा पनि सक्रिय छन् । दाजु चन्द्र
ढकाल निजी क्षेत्रको ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुन्
। हेमराज ढकाल अहिले ठूला उद्योगी व्यवसायी सदस्य भएको नेपाल उद्योग
परिसंघको उपाध्यक्ष हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal