Skip to content
Prabhu

जुम्लामा ४ हजार बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ १०, कृषि तथा वनजन्य १ सय २२, सेवामूलक ६८ छन् । गत आवमा २४ लाख रुपैयाँ राजस्व संकलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal