Skip to content

विद्यालयको अक्षयकोषमा चार महिनामा २३ लाख ३६ हजार संकलन

 

सल्लेरी । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाख रुपैयाँभन्दा धेरै रकम संकलन भएको छ । 

विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रुपैयाँ रकम संकलन गरेको हो । गत असोज २७ गतेदेखि ३६ लाख रकम संकलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए। 

उनका अनुसार १० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने एक सय ४७ र  १० हजार रुपैयाँभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ । 

अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए। अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए । सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई १४ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima