Skip to content
Prabhu

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशत घट्यो

काठमाडौं ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त कम्पनीले टेलिकमको नाफा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ७.६० प्रतिशतले कमी हो । गत आर्थिक वर्ष ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो । 

गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । 

टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आव ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal