Skip to content
Prabhu

६० लाख जनसंख्या अझै गरिब

काठमाडौं । नेपालमा ६० लाख जनसंख्या गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९÷८० ले ५ढ लाख ६० हजार गरिबीको रेखामुनी रहेको तथ्यांक सार्वजनिक गरेको हो । 

नेपालमा भएको जनसंख्याको २०.२७ प्रतिशतले दैनिक २ सय रुपैयाँ खर्च गर्न नसक्ने देखिएको छ । सर्वेक्षणले दैनिक २ सय रुपैयाँ १.९० रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिबको सूचिमा राखेको छ । दैनिक २ सय रुपैयाँको खर्चले न्यूनतम जीवनस्तर कायम गर्न नसक्ने देखिएको कार्यालयको सर्वेक्षणमा भनिएको छ । 

सहरको तुलनामा गाउँमा गरिबको संख्या बढी छ । सहरमा १८.३४ प्रतिशत र गाउँमा २४.६६ प्रतिशत गरिब बस्ने देखिएको छ । प्रदेश अनुसार गण्डकीमा ११.५८ प्रतिशत गरिब रहेका छन्,बागमतिमा १२.५९ प्रतिशत,कोशीमा १७.१९,मधेशमा २२.५३,लुम्बिनीमा २४.३५,कर्णालीमा २६.६९ र सुदूरपश्चिममा ३४.१६ प्रतिशत गरिबको संख्या देखिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal