Skip to content
Prabhu

अर्धवार्षिक समीक्षामार्फत सरकारले घटायो बजेटको आकार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको लक्ष्य घटाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार चालु आव २०८०र०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । सरकारले अर्धवार्षिक समीक्षामार्फत अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । 

सरकारले  चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री महतले भने, ‘लक्ष्य अनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्ड पनि सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal