Skip to content

अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्ः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै आर्थिक गतिविधिका सबै सूचक सकारात्मक रहेको बताएका छन्। 

‘जति पनि आर्थिक गतिविधिका सूचक छन्, ती सकारात्मक छन्’, उनले भने, ‘म अर्थमन्त्री हुनुअघि धेरै दायित्व सिर्जना भएको थियो, त्यो सल्टाउने काम भएको छ।’

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए। ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’ त्यस्तै उनले ईभिमा सरकारले दिएको सहुलियतका कारण राजश्वमा दबाब परेको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life