Skip to content
Prabhu

आइतबारका लागि कति छ डलर, यूरो, पाउण्ड र जापानी येनको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९ रुपैयाँ ०९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३ रुपैयाँ ८५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal