Skip to content
Prabhu

व्यवसायी अरुण चौधरीसहित ३ जनालाई छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । बाँसवारी जुत्ता कारखाना हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अन्य २ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।

व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो ।

जुन आदेशको चौतर्फी आलोचना भएपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई  मुगु जिल्ला अदालतमा पठाएका छन् । हिजो मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि यस आदेशप्रति असन्तुष्टि जनाएका थिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal