Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने ५ कम्पनी

काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक दुवै घट्यो । यो दिन सेयर बजमार १९७ कम्पनीको सेयर मूल्य घट्यो । आज एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

आज नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्यमा पछिल्लो समय लगातार जसो गिरवाट आइरहेको छ । आइतबार पनि यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २०७ रुपैयाँले घटेर १ हजार ८६३ रुपैयाँ पुगेको छ ।

आज सगरमाथा जलविद्युत कम्पनीका सेयरधनीले पनि ८.५२ प्रतिशतले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५४ रुपैयाँ ६० पैसाको गिरावट आएर ५८६ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ३५ रुपैयाँ १० पैसाले घटेर ३८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ८.४६ प्रतिशतले कम हो ।

आइतबार शुभम पावरका सेयरधीले पनि प्रतिकित्ता ७८ रुपैयाँका दरले गुमाएका छन् । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ९३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.७४ प्रतिशतले कम हो । आइतबार मातृभूमि लघुवित्तको सेयर मूल्यमा पनि ७.५८ प्रतिशत अर्थात् १२७ रुपैयाँ ५० पैसाले कमी आएर १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal