Skip to content
Prabhu

सीआईबीको ‘क्लिन चिट’ पछि रिलायन्स स्पिनिङलाई आईपीओ जारी गर्ने बाटो खुला

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो खुला भएको छ । कम्पनीले प्रिमियम मूल्यमानै आईपीओ जारी गर्ने बाटो खुलेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट समेत कम्पनीले ‘क्लिन चिट’ पाएसँगै आईपीओ जारी गर्ने बाटो खुलेको हो । यसअघि कम्पनीको वित्तीय विवरणमा कुनै कैफियत नदेखिएको भन्दै धितोेपत्र बोर्डले क्लिन चिट दिएको थियो । धितोपत्र बोर्डले २४ साउनमा पठाएको जबाफमा चित्त बुझाउँदै सिआइबीले रिलायन्स स्पिनिङविरुद्ध परेको उजुरी तामेलीमा राखिएको जानकारी सहितको पत्र धितोपत्र बोर्डलाई पठाएको छ । सीआईबीले साउन ३२ गते बोर्डलाई पत्र पठाएको हो ।

बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने गरी प्रमाणसहित जवाफ प्राप्त भएकाले उक्त मुद्दा तामेलीमा राखिएको सीआईबीले पठाएको पत्रमा उल्लेख छ । धितोपत्र बोर्डले प्रश्नको प्रतिउत्तरमा साउन २४ गते सिीआईबीलाई ४८ पृष्ठ लामो जबाफ पठाएको थियो । वित्तीय विवरण कसुरपूर्ण रहेको भन्दै उजुरी परेपछि सीआईबीले धितोपत्र बोर्डलाई जवाफ दिन लिखित निर्देशन दिएको थियो ।

कम्पनीलाई बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्टअनुसार कहीँकतै कमजोरी नभएको भन्दै धितोपत्र बोर्डले कम्पनीमाथि थप अनुसन्धानसमेत आवश्यक नरहेको भन्दै सीआईबीलाई पत्र पठाएको थियो । रिलायन्सको वित्तीय विवरण बदनियतपूर्ण भएको नभेटिएकाले थप अनुसन्धान आवश्यक नपर्ने धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रमा उल्लेख छ ।

अदालतमा परेको उजुरीबारे पनि अदालतले अन्तरिम आदेश नदिएर यसअघि नै रिलायन्स स्पिनिङलाई आईपीओ निष्कासनको बाटो खुला गरिदिएको छ । अदालत, धितोपत्र बोर्डपछि सीआईबीले पनि क्लिन चिट दिएकाले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएलगत्तै रिलायन्सलाई आईपीओ निष्कासनको बाटो खुला हुने अपेक्षा गरिएको छ । कम्पनीको आईपीओको प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले मूल्य तय भएको थियो । असार २७ गतेदेखि खुल्ला हुने भनिएको आईपीओ विवादका बीच स्थगित गरिएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal