Skip to content

टान नेतृत्वका लागि सागर पाण्डे समूहको उम्मेदवारी घोषणा

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आगामी निर्वाचन लागि वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे नेतृत्वको विसुद्व व्यावसायिक प्यानल घोषणा गरिएको छ । आगामी भदौ १७ गते वार्षिक साधारण सभासँगै सम्पन्न हुने टान निर्वाचनका लागि सबै विचार समुह, भूगोल, समुदायलाई समेटिएको व्यावसायिक तथा नेतृत्व गर्नसक्ने सक्षम टिम आइतबार घोषणा गरिएको हो ।

पाण्डे नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्ष पदका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा तामाङ, द्धितीय उपाध्यक्षमा विशेष थापा, महासचिवमा सोनाम जी शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने तथा सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदावरी घोषणा गरेका छन् ।

त्यस्तै सदस्यहरुमा माधव कुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, अम्बिर बहादुर गुरुङ, शिव प्रसाद सिलवाल, उत्सव ढकाल, फुर्पु छिरिङ ल्हामु (भोटे) र शृष्टी भण्डारी प्रयासी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi