Skip to content
Prabhu

सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापालाव सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । आज पनि चाँदीको मूल्य तोलामा अघिल्लो दिनकै जस्तो १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी तोलामा ५० रुपैयाँले महंगो भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal