Skip to content
Prabhu

आन्तरिक राजस्व कार्यालय भद्रपुरले एक महिनामा ३० करोड बढी राजश्व संकलन गर्‍यो

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ७.५५ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । ‘साउनमा ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१.९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन’, उनले भने ।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट ८ करोड ९१ लाख ३ हजार, ब्याजबापत २ करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत ६ करोड ८९ लाख ३७ हजार रुपैयाँ राजस्व संलन गरेको छ । गत आव २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व संलन भएको कर अधिकृत आचार्यले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal