Skip to content
Prabhu

तनहुँमा करिब ८ करोड विद्युत् बक्यौता बाँकी

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब ८ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रमा ७ करोड ९७ लाख ७६ हजार १०१ रुपैयाँ बक्यौता रहेको हो ।

जिल्लामा सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट ३ करोड ९७ लाख ६६ हजार ६६० रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ १ करोड ६७ लाख ८३ हजार ९५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार ९००, औद्योगिकतर्फ १ करोड २४ लाख ४४ हजार २४२, सडक बत्तीतर्फ १ करोड १४ लाख ६७ हजार ३१७, खानेपानीतर्फ ८९ हजार ५९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार ४९९, सिचाइँतर्फ ३६ हजार ७०४, मन्दिरतर्फ ४१ हजार ५९२ रुपैयाँ बक्यौता बाँकी छ ।

आर्थिक वर्ष २०७९÷८० मा ८ करोड ५५ लाख ६० हजार ४०० बक्यौता बाँकी थियो । त्यसमध्ये ५७ लाख ८४ हजार २९८ बक्यौता उठेको रेग्मीले बताए । उनकाा अनुसार जिल्लामा विद्युतका ५१ हजार ७१७ ग्राहक पुगेका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्म ५० हजार ३७२ ग्राहक रहेकामा गत आवमा १ हजार ३४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ १ हजार २२५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ २, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ २, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ ८ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् ।

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ ५४६, व्यापारिकतर्फ ३४०, औद्योगिकतर्फ ७७६, सिचाइँतर्फ ३५६, खानेपानीतर्फ १८८, चार्जिङ स्टेसनतर्फ २, सडकबत्तीतर्फ १६९, मन्दिरतर्फ २०३ र अन्यतर्फ १०७ ग्राहक रहेका केन्द्रले जनाएको छ । केन्द्रले गत आवमा ५ करोड ४० लाख ५९ हजार २१२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९÷८० मा ५ करोड १० लाख ३२ हजार ४८९ युनिट विद्युत् बिक्री भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal