Skip to content
Prabhu

डलर र यूरोको भाउ घट्यो, अन्य विदेशी मुद्राको के छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर १७४ रुपैयाँ १३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५४ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ १८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६४ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९० पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२ रुपैयाँ ९१ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४० रुपैयाँ ०० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal