Skip to content
Prabhu

मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य १ सय रुपैयाँले घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँमा किनबेच भएरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०१ दशमलव १७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal