Skip to content

सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु

काठमाडौँ । काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रबर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु भएको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा सुरु भएको मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने सङ्घका अध्यक्ष सागर शाक्यले जानकारी दिए।

आजदेखि सुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ताहरु ४० देखि ६० प्रतिशतसम्म छुटमा पाईने सङ्घका वरिष्ठ उपाध्यक्ष भरत बडालले बताए।

कुल छ सय व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T