Skip to content
Prabhu

हवाईयन एयरलाइन्स प्राप्तिको प्रस्तावमाथिको समीक्षा, सेयर मूल्य बढ्यो

एजेन्सी । अमेरिकी यातायात विभागले मंगलबार अलास्का एयरलाइन्सले हवाईयन एयरलाइन्सको प्राप्तिको प्रस्तावमाथिको समीक्षा पास गरेको छ ।

प्राप्तिका लागि अलास्काले हवाईयनको १.९ अर्ब डलर ऋणसहितको प्रस्ताव पेस गरेको छ । विभागले भने यो सर्वसाधारणको हितमा भएको अवस्थामा मात्रै स्वीकृति दिने उल्लेख गर्दै अहिले समीक्षा भइरहेको जनाएको हो ।

उक्त सम्झौताबारे न्याय विभागले समीक्षाको समाचार सार्वजनिक भएसागै हवाईयनको सेयर मूल्य ११.५ प्रतिशतले उकालो लागेको छ । साथै अलास्काको शेयर ०.५ प्रतिशतले बढेको छ । यसलाई अलास्का एयरलाइन्सले एउटा महत्वपूर्ण उपलब्धि हो भनेको छ ।

अलास्का अमेरिकाको पाँचौ ठूलो डोमेस्टिक एयरलाइन्स कम्पनी हो भने हवाईयेन १०औँ स्थानमा पर्छ । गत डिसेम्बरमा प्राप्तिबारे समाचार बाहिरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal