Skip to content
Prabhu

संसदले दिने सबैभन्दा बलियो सरकार होः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको संसदमा अहिलेको भन्दा बलियो सरकार बन्न नसक्ने बताएका छन् । आज नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा भएको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवलल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषय अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

नागरिकलाई अधिकार सम्पन्न बनाउनका लागि पनि दुई ठूला दलहरु मिलेर बलियो सरकार बनेको उनको भनाइ छ । एमाले र कांग्रेसको सहयात्रा आउने चुनावसम्म रहने र यसले स्थायित्व कायम गर्ने उनको भनाइ थियो ।

‘हामीले अहिले बनेको सरकारले स्थायीत्व कायम गर्छ । यसले निजी क्षेत्रलाई पनि सहयोग प¥याउँछ,’ उनले भने । बलियो सरकार मात्रै भन्दा पनि सक्षम नेतृत्वका कारण अहिलेको सरकारले स्थायित्व कायम गर्ने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal