Skip to content
Prabhu

पर्यटक बढाउन कुवेतमा नयाँ मनोरञ्जन सहर, दुई वर्षभित्र बन्ने, चार हजारलाई जागिर दिने

एजेन्सी । कुवेत सिटी नगर परिषद्ले मनोरञ्जन सहर परियोजनाको स्वामित्व अमिरी दिवानबाट कुवेत लगानी प्राधिकरणमा ल्याएपछि बहप्रतिक्षित परियोजना कार्यान्वयनमा जाने भएको छ ।

नयाँ मनोरञ्ज सहर निर्माणपछि यसले कुवेतको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । नयाँ मनोरञ्जन सहर निर्माणपछि गैर–तेल राजस्वको स्रोतको रूपमा देशको आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नयाँ मनोरञ्जन सहर परियोजनाको तालिका दुई वर्षभित्र पूरा हुने लक्ष्य राखिएको छ । प्राधिकरणले नगर परिषदलाई परियोजनालाई छ महिनाभित्र सुरु गर्ने विश्वास दिलाएको छ ।

सन् २०२३ मा गरिएको एक अध्ययनले अन्य गल्फ को–अपरेशन काउन्सिल देशहरूभन्दा कुवेतको जीडीपीमा पर्यटन क्षेत्रको सबैभन्दा कम योगदान रहेको देखिएको थियो । जुन ६.१ प्रतिशत मात्रै थियो ।

दोस्रोतर्फ यूएईमा पर्यटनलले १०.८ प्रतिशत, बहराइनमा ९.८ प्रतिशत, कतारमा ९.७ प्रतिशत, सायदी अरेबियामा ९.४ प्रतिशत र ओमानमा ६.८ प्रतिशत योगदान गरेको छ । तर कुवेतीहरु भने विदेशमा वाार्षिक १४ अर्ब डलर खर्च गर्छन् जुन जीडीपीको ११ प्रतिशत बराबर हो ।

अध्ययनले परियोजनाको कुल लागत ८६ अर्ब रुपैयाँ अनुमान गरेको छ । जसमा पुँजीगत खर्चका लागि ५१ अर्ब छुट्याइएको छ । परियोजनाले कुवेतको जीडीपीमा सन् २०३५ सम्ममा ३६ अर्ब रुपैयाँ बराबरको योगदान दिने र करिब चार हजार नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । कुवेतमा सन् २०३० सम्ममा ९ लाख पर्यटक पुग्ने अपेक्षा गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal