Skip to content

झापाका ३२१ हात्तीपीडित राहतको पर्खाइमा

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् । 

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई  ५८ लाख २८ हजार ९ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको  १० लाख रुपैयाँ, तीन जना घाइतेका लागि  पाँच लाख ८० हजार नौ सय ४० रुपैयाँ , चौपाया एक बराबर  १० हजार रुपैयाँ, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि  १४ लाख ८२ हजार पाँच सय रुपैयाँ, भण्डारण गरिएको अन्न क्षति बराबर  छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार नौ सय रुपैयाँ रहेको छ । 

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

मृतक चार जनाको ४० लाख रुपैयाँ, घाइते तीन जनाका लागि  दुई लाख ७० हजार नौ सय ५२ रुपैयाँ, घरगोठका क्षति पुगेकाका लागि पाँच लाख ६४ हजार पाँच सय रुपैयाँ, भण्डारण गरिएको अन्न दुई लाख ५२ हजार सात सय रुपैयाँ र बालीनाली १३ लाख ८७ हजार नौ सय रुपैयाँ गरी ६४ लाख ७६ हजार ५२ रुपैयाँ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T