Skip to content
Prabhu

आइतबार सुन १ हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

नेपाला सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal