Skip to content
Prabhu

सोमबार सुनको मूल्य १ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ रहेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५०९.८८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस चाँदी २९.२१ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal