Skip to content
Prabhu

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै

काठमाडौं । उलिङ ब्रान्डको विद्युतीय भ्यान नेपाली बजारमा आउने भएको छ। शशिला मोटर्स प्रालि र इभी उत्पादक उलिङ मोटर्स होल्डिङबीच नेपालका लागि आधिकारिक वितरकको रुपमा सम्झौता भएको हो।

उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौतापश्चात शशिला मोटर्स् प्रालि  उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक  सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष  युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै 

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालि र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।  

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभि भ्यानहरुमध्ये ग्राहकको पहिलो रोजाइमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतीकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पुर्याउनेछ । 

यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडा जानकारी दिए।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः 

१. नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि।मि। सम्मको वारेन्टी भएको ।

४१.८७ किवा आवर ब्याट्री ।

२. कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक । 

३. सिङ्गल चार्जमा ३०० कि.मि. रेञ्ज । 

४. ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।

५. ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal