Skip to content
Prabhu

सवारी साधन विलाशी होइन, दैनिक आवश्यक वस्तु होः अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । सवारी साधन विलाशीताको साधन नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आज काठमाडौंमा नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

नाडा शोले यो क्षेत्रका मार्केटमा योगदान पुर्याउने अध्यक्ष ढकालको भनाइ छ । सरकारले स्थिरता कायम गर्नुपर्ने आवश्यकता रहेको उनको जिकिर छ । नीति निर्माताको दृष्टिकोण नै विलाशीता भयो भनिएको छ । तर, अहिले यो दैनिक आवश्यकताको विषय भएको छ । यसलाई नेतृत्वमा रहेकाहरुले परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

यदि यस्तो गरियो भने रोजगारी र राजश्व सबै क्षेत्रमा योगदान पुग्ने अध्यक्ष ढकाललको विश्वास छ । बैंकहरुले पनि विलाशीताको साधन भएकाले लगानीमा पनि केही संकुचन भएको भन्दै यसलाई असर परेको उनले बताए ।

सवारी किनेर व्यवसाय गरेर धेरैलाई रोजगारी दिन सक्ने क्षेत्र भएकाले यसलाई विलाशीताको सधानका रुपमा हेर्न नहुने उनको भनाइ थियो । अहिले ईभीको प्रयोग बढ्दै गएको अवस्थामा यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकास आवश्यक रहेको उनले बताए ।

पूर्वाधारमा लगानी गरेको खण्डमा अटो मोबाइल्स क्षेत्रले राज्यलाई ठूलो सहयोग पुर्याउने उनको भनाइ छ । अवैध रुपमा आउने पाटपुर्जालाई पनि नियन्त्रण गर्नुपर्ने अध्यक्ष ढकालले आग्रह गरे । आउने दिनमा सरकारले स्थिर नीति ल्याउने तर्फ पनि लाग्नु पर्ने उनको भनाइ छ । अर्थमन्त्रीका रुपमा आउँदा देखिएको सुधारलाई अझ माथि पुर्याउनका लागि काम गर्ने उनले अर्थमन्त्रीलाई सुझाब पनि दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal