Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य अघिल्लो दिनको जस्तै तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय ४० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस २ हजार ५०७.३८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.८८ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal