Skip to content
Prabhu

५२.५३ प्रतिशत नगद लाभांश पारित गर्दै सकियो एनआईसी एसिया क्यापिटलको ८औं वार्षिक साधारणसभा

काठमाडौं । नगद लाभांश प्रस्ताव पारित गर्दै एनआईसी एसिया क्यापिटल लिमिटेडको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव परित गर्दै भदौ ११ गते मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोडभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी दिए । त्यसैगरी व्यवसाय तर्फ २०८१ आसार मसान्तसम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवाअन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जाम्म ६ वटा योजना मार्फत ५ अर्ब ५२ करोडभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको बताइएको छ ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको पनि जनाइएको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आईपीओ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए । साथै क्यापिटलले ८औ वार्षिक साधारणसभामा प्रस्ताव गरेको लाभांशसहित आफ्नो सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी गराइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal