Skip to content
Prabhu

सी.जी मोटर्स द्वारा नाडा अटो शो मा ४ नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो ।

नाडा अटो शो शुभारम्भ भएसँगै नेपालको अर्थ मन्त्री विष्णु पौडेल द्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो AVATR, XPENG, RIDDARA / HERO गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ । यसपालीको नाडा अटो शो मा NETA, XPENG, AVATR, AION, RIDDARA, CG KYC, KING LONG / HERO गरी सी.जी. मोटर्सका ८ वटा स्टल रहेका छन् ।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नै नेपाली बजारमा AVATR सार्वजनिक गरेको छ । AVATR को AVATR11 मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो ।AVATR विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी CHANGAN, टेक्नोलोजीमा अग्रणी कम्पनी HUAWEI र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी CATL को साझेदारीमा उत्पादन भएको ब्राण्ड हो ।

AVATR 11 प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ । AVATR 11 मा 190kW को मोटर जडित छ भने 90kWhर 116kWh को ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरुले नाडा अटो शो को स्टल नम्बर H13 मार्फत थप जानकारी पाउन सकिने छ ।

नाडा अटो शो को स्टल नम्बर G12 मा रहेको XPENG, सी.जी. मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । XPENG को G6 मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ । 190kW को मोटर र 66kW को ब्याट्री रहेको XPENG G6 ले 215kW सम्मको डि.सि. फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशत सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ ।

त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो RIDDARA। नाडा अटो शो को स्टल नम्बर A9 मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो । 63kWh को ब्याट्री र 200kW को पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ ।

नेपाली बजारमा लोकप्रिय रहेको NETA V को अपार सफलता पश्चात NETA ले नयाँ मोडल, NETA X नाडा मार्फत सार्वजनिक गरेको छ। NETA X स्टल नम्बर A3 मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट NETA X को अनुभव लिन सक्नेछन् । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित NETA X मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ । CATLको ब्याट्री जडित NETA X  लाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ ।

त्यसैगरी स्टल नम्बर B5 मा रहेको AION ले नाडा लाई लक्षित गरी AION Y, AION V, HYPER / HYPER HT प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बरM13 बाट HERO मार्फत सी.जी. मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ । उक्त स्टलमा HERO  को Karizma XMR, X–pulse Pro 200 4V, X–treme 160 R4, X–treme 125R / Xoom 110 प्रदर्शनमा रहेका छन् ।

यससँगै सी.जी. मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान, CG KYC स्टल नम्बर J2 मार्फत प्रदर्शन गरिएको छ । CG KYC  ले विगतका वर्षहरुमा ग्राहकहरुको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान हुन पुगेको छ । नाडा अटो शो मार्फत CG KYC ले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै CG KYC को ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ । CG KYC ले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, ए.बि.एस. जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको छ ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सी.जी. मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर J1 मा प्रदर्शनमा राखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal