Skip to content
Prabhu

सुनको मूल्यमा फेरि ऐतिहासिक रेकर्ड, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले र चाँदी ५ रपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ५१० दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal