काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा भएको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले गिरिबन्धु टि स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको हो ।
ओली सरकारले गिरिबन्धुलाई ३४३ बिगाह जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेका थिए ।
चिया बगानको लागि लिइएको जग्गा प्लटिङ गर्ने उद्देश्यले जग्गा सट्टा पट्टाको निर्णय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्