Skip to content

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुनेछः मुख्यमन्त्री आचार्य

nabil
global ime

रामपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहल भइरहेको र अब चाँडै नतिजा आउने बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटका रुपमा जोड्ने योजना बनाउनुपर्नेमा जोड दिए । पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउँदै उनले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडि बढाउन पहल गरिरहेको जानकारी दिए।

भ्रष्टाचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उनले पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने तयारी गरिएको जानकारी दिए । नयाँ सरकार बनेको एक महिनाको अवधिमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्यले स्पष्ट पारे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima